२०८१ बैशाख १५ , शनिवार

आईएमई पेबाट अब सजिलै ट्राफिक जरिवाना तिर्न सकिने

सुनाखरी न्युज/काठमाडौ । आईएमई पेमार्फत ग्राहकहरूले सजिलैसँग ट्राफिक जरिवाना भुक्तानी गर्न मिल्ने सुविधा थपिएको छ ।

 

ग्राहकहरूलाई विभिन्न सेवाहरूको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आईएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तैः कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सक्नेछन्। ग्राहकहरूले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा जारी गरिएको हो ।

 

ट्राफिक फाइन तिर्न ग्राहकहरूले आईएमई पेको एपमा गभरमेन्ट सेवामा गई सूचीमा देखाइएको ट्राफिक फाइनमा गएर मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गन सक्नेछन्।