२०८१ बैशाख १४ , शुक्रवार

पोखरा र मुस्ताङ विमान दुर्घटना परेकाको मुक्तिका लागि पशुपतिनाथमा महायज्ञ सुरु

सुनाखरी न्युज/काठमाडौ । पोखरा र मुस्ताङ विमान दुर्घटना परेकाको मुक्तिका लागि पशुपतिनाथमा महायज्ञ सुरु गरिएको छ ।

 

यती एयरलाइन्स र तारा एयरलाइन्सको आयोजनामा पशुपति क्षेत्रमा सञ्चालन भएको महायज्ञ तीन दिनसम्म सञ्चालन हुनेछ । विमान दुर्घटनामा ज्यान गुमाएकाको आत्माको शान्ति र भावी घटना निवारणको कामना गर्दै उक्त महायज्ञ सञ्चालन गरिएको हो । गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एटीआर जहाज पोखरामा दुर्घटना हुँदा चालक ४ जनासहित ७२ जनाको मृत्यु भएको थियो ।

 

त्यस्तै, गत जेठमा मुस्ताङको थासाङ गाउँपालिकामा तारा एयरको जहाज दुर्घटना हुँदा चालकदलका सदस्यसहित २२ जनाको ज्यान गएको थियो ।