२०८१ जेठ ५ , शनिवार

नेप्सेमा निरन्तर गिरावट

सुनाखरी न्युज/ काठमाडौ । केहि दिन यता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर गिरावट आएको छ । आज पनि नेप्से २१.१५ अंकले घटेर दुई हजार ७० दशमलव ४१ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा एक अर्ब ६८ करोड ८४ लाख बराबरको कारोबार भएको छ । बुधबार एक अर्ब ७३ करोड बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेड कम्पनीको भएको छ । यसको आज ५ करोड ३८ लाखभन्दा बढीको कारोबार भएको छ ।