२०८१ बैशाख १३ , बिहिवार

पारस खड्काको एकेडेमीले पहिलोपल्ट राष्ट्रियस्तरको यू–१९ क्रिकेट प्रतियोगितामा सहभागी

 

सुनाखरी न्युज /  काठमाडौं –  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले सञ्चालन गरेको एकेडेमी क्रिकेट एक्स्लेन्स सेन्टर ९सीईसी० पहिलोपल्ट राष्ट्रियस्टरको यू–१९ क्रिकेट प्रतियोगितामा सहभागी हुने भएको छ ।

 

रुपन्देहीको भैरहवामा हुन लागेको खडगप्रसाद गौतम स्मृति पाँचौं यू–१९ राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सीईसी टिम विहीबार त्यसतर्फ प्रस्थान गरेको छ । सीईसीले आफ्नो एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरुमध्ये करण घर्तीमगरको कप्तानीमा टिम घोषणा गरेको छ ।

 

सीईसी टोलीलाई वागमती प्रदेश खेलकुद परिषदका सदस्यसचिव सूर्यलाल भण्डारी, वागमती क्रिकेट प्रदेश संघका अध्यक्ष राजु बस्न्यातलगायतले बिदाइ गरेका हुन् । २०७८ साउनमा खेलाडी जीवनबाट सन्यास लिएको केहि समयमै पारसले एकेडेमी स्थापना गरी प्रशिक्षण सुरु गरेका थिए ।