२०८० चैत्र १६ , शुक्रवार

आशा र सागरले विवाहको २ वर्षपछि बल्ल दिए आधिकारिक जानकारी

सुनाखरी न्युज/काठमाडौ । २ वर्षअघि सामान्य तरिकाले विवाह गरेका उनीहरूले बुधवार मात्रै आफूहरूले दाम्पत्य जीवन सुरु गरेको आधिकारिक जानकारी दिएका हुन् ।

 

आशा र सागर पछिल्लो केही वर्षयता चर्चित सिरियल ‘कान्छी’ र ‘भुन्टी’मा सहकार्य गर्दै आएका छन् । आशाकै लेखन, निर्माण एवं निर्देशनमा यी दुई सिरियल सार्वजनिक हुँदै आएका छन् । दुवै सिरियल दर्शकमाझ निकै लोकप्रिय छन् । आशा र सागरले बुधवार सामाजिक सञ्जालमा आफूहरू दुईजनाको तस्वीर सार्वजनिक गर्दै वैवाहिक जीवनमा बाँधिएको जानकारी दिएका हुन् ।

 

दुईजनाको तस्वीर फेसबुकमा राख्दै आशाले लेखेकी छिन्, ‘आजको दिनसम्म मलाई एउटा कलाकारको रुपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैं माया गर्नुहुने मेरा आदरणीय दर्शक महानुभावहरूलाई हजुरहरुले नै चाहनुभएको मान्छेसँग मैले जीवनको नयाँ अध्याय सुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुशी छु । मलाई विश्वास छ मेरो खुसीमा हजुरहरू पनि सबैजना खुसी हुनुहुनेछ । मलाई र मेरो श्रीमानलाई धेरै आशीर्वाद दिनुहोला ।’