२०८० चैत्र १५ , बिहिवार

रेबिजका कारण गोरखामा बालकको ज्यान गयो

सुनाखरी न्युज / गोरखा  – गोरखाको बारपाक सुलिकोट गाउँपालिका(४ का चार वर्षीय बालकको रेबिजका कारण ज्यान गएको हो । बालकको उपचारका क्रममा गए राति गोरखा अस्पतालमा ज्यान गएको उनको परिवारले जनाएको छ । उनलाई पुषमा अजिरकोट गाउँपालिका(४ को बालुवा बजारमा कुकुरले टोकेको थियो ।

 

स्थानीय मेडिकलमा सामान्य उपचार गरे पनि केहीदिनदेखि उच्च ज्वरो आउन थालेपछि उनलाई उपचारका लागि फागुन १ गते गोरखा अस्पताल ल्याइएको थियो ।

 

अस्पतालले रेबिजको आशङ्कामा थप उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएकोमा अस्पतालले उपचार सम्भव नभएको भन्दै घर पठाएको थियो । काठमाण्डौबाट फिर्ता गरिएका बालकलाई बुधवार गोरखा अस्पतालमै भर्ना गरिएको थियो ।