२०८१ बैशाख ६ , बिहिवार

गीतकार थापाको ‘लान्छु आज सालीको हात मागेर’को चर्चा (भिडियो)

सुनाखरी न्युज/ काठमाडौ । गीतकार तथा निर्देशक हिराकाजी थापाको ‘लान्छु आज सालीको हात मागेर’ बोलको कौडा गीतको भिडियो सार्वजनिक भएको छ ।

 

निर्देशक थापाकै शब्दमा तयार सार्वजनिक गीतमा ओम सुनारको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतमा खड्ग गर्बुजा र तृप्ति खड्का गुरुङको स्वर रहेको छ । सार्वजनिक कौडा गीतमा चर्चित हास्य अभिनेता बुद्धि तामाङ, वेदना राई र श्रवण थापालगायतका कलाकारको अभिनय छ । सार्वजनिक गीतले गाउँ घरमा रमाइलो गर्दै कौडा खेल्दाको रमाइलो पक्ष र साली भेनाको सवाल जवाफलाई कलात्मक शैलीमा भिडियोमा कैद गरिएको छ ।

 

उत्सव दाहालको छायाङ्कन तथा प्रविन भट्टको सम्पादन रहेको गीतका निर्माता सञ्जय थापा, सरिता थापा र सञ्जित आले छन्। बेलायतबाट भर्चुअल माध्यममै आधा दर्जन बढी भिडियो निर्देशन गरिसकेका निर्देशक थापाको ‘लान्छु आज सालीको हात मागेर’ बोलको गीत आठौँ प्रस्तुति हो।

(भिडियो)