२०८० चैत्र १६ , शुक्रवार

नेपाल टेलिकमको पोस्टपेड बिलिङमा समस्या

सुनाखरी न्युज/काठमाडौ । नेपाल टेलिकमकाे पोस्टपेड सिमको हिसाब व्यवस्थापन गर्ने प्रणालीमा समस्या आएको छ । याे समस्याका कारण पोस्टपेड ग्राहक प्रभावित भएका छन् ।

 

प्रणालीमा आएको समस्याका कारण धेरै प्रयोगकर्ताको रकम काटिने, रिचार्ज गर्दा नदेखिने तथा वान वे बार भइरहेको छ । पछिल्लो केही समय सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी टेलिकमका प्रणालीमा एकपछि अर्को गर्दै समस्या देखिन थालेको छ । बुधबारमात्रै कम्पनीको नेटर्वकमा समस्या आउँदा माेबाइल सेवा प्रभावित बनेकाे थियो ।

 

उक्त समस्या समाधान नहुँदै पोस्टपेडको बिलिङ सिस्टममा समस्या देखिएको छ ।”कम्पनीको पोस्टपेड बिलिङ रनमा समस्या आएको हाे,’ कम्पनीका प्रवक्ता शाेभन अधिकारीले भने, ‘चाँडाे समाधानका लागि प्राविधिक टिम खटिरहेको छ ।’