२०८१ बैशाख १२ , बुधवार

केराटिन हेयर ट्रिटमेन्ट किन गर्ने ?

सुनाखरी न्युज/काठमाडौ । कपाल सुन्दर, स्वस्थ र स्टाइलिस बनाउने सबैको इच्छा हुन्छ। त्यसैले पछिल्लो समय केराटिन हेयर ट्रिटमेन्ट लोकप्रिय बन्दै गएको छ। कपाल सुक्खा हुने, झर्ने, टुक्रिने समस्याबाट मुक्ति पाउन अधिकांशले यस्तो हेयर ट्रिटमेन्ट गर्छन्।

सुरुमा स्याम्पु प्रयोग गरेर कपाललाई सफा गर्नुपर्छ। त्यसपछि कपाललाई सुकाउने र कपाल मुलायम बनाउने क्रिम प्रयोग गरेर झन्डै ३० देखि ४० मिनेटसम्म छाडिदिने। कपाललाई सफा पानीले पखालेर कम तापक्रममा स्ट्रेट गर्ने, त्यसपछि राखेर बिस्तारै आइरन गरिन्छ। सफा पानीले कपाल पखालेर अन्तिममा हेयर स्क्रब लगाउने। त्यसको दुई–तीन दिनपछि फेरि ट्रिटमेन्ट गर्नुपर्छ। जसले गर्दा कपाल लामो समयसम्म सुक्खा हुन पाउँदैन।

सामान्यतया शरीरमा नङ, छाला र रौँ निर्माणका लागि केराटिन नामक प्रोटिन आवश्यक हुन्छ। कपालमा विभिन्न रसायनको प्रयोग गर्दा यो नष्ट हुँदै जान्छ र कपालमा समस्या देखिन्छ। त्यसपछि विभिन्न ब्रान्डेड क्रिम प्रयोग गरेर कपाललाई सीधा, बाक्लो र बलियो बनाइन्छ। यो विधिले कपाललाई नेचुरल स्ट्रेट बनाउन सकिने भएकाले अधिकांशको रोजाइमा पर्ने गरेको छ। यसमा फार्मल्डिहाइड, कन्डिसनर तथा केराटिनको प्रयोग गरी कपाल स्ट्रेट, बाक्लो र बलियो बनाइन्छ। फार्मल्डहाइडको उपयोगले कपाल लामो समयसम्म सीधा र नरम हुन्छ।