२०८१ बैशाख १५ , शनिवार

प्रयोजन विपरीत चलाउने १७ जना मोटरसाइकल चालक र बढी भाडा लिने ९ जना ट्याक्सी चालक ट्राफिक प्रहरीको कारवाहीमा

सुनाखरी न्युज/ काठमाडौ । यात्रुबाट बढी भाडा लिने ९ जना ट्याक्सी चालकलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट बुधबार ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

 

काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा तोकीएको भन्दा बढी भाडा लिने ९ जना ट्याक्सी चालक फेला परेपछी ट्राफिक प्रहरीले कारवाही गरेको हो । ट्याक्सीमा यात्रा गर्दा बढी भाडा लिएमा र मिटरमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्नुहुन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गर्नुभएको छ ।

त्यसैगरी, प्रयोजन विपरीत चलाउने १७ जना मोटरसाइकलका चालकलाई पनि आजै ट्राफिक प्रहरीले कारवाही गरेको छ । निजी प्रयोजनमा दर्ता भइ भाडा लिइ यात्रु बोक्ने गरेको पाइएपछी काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट १७ जना मोटरसाइकलका चालकलाई कारवाही गरिएको प्रहरी बरिष्ठ उपरीक्षक भट्टले जानकारी दिनुभयो ।