२०८१ बैशाख १९ , बुधवार

जर्मनीले गर्‍यो नेपाललाई १५ लाख मात्रा फाइजर खोप हस्तान्तरण

सुनाखरी न्युज / काठमाडौं । नेपाल सरकारलाई जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको १५ लाख मात्रा फाइजर खोप नेपाललाई प्रदान गरेको छ ।

 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा नेपालका लागि जर्मनी राजदुत डा. थ्रोमास प्रिन्सले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई उक्त खोप हस्तान्तरण गरेका हुन् । राजदुत डा. प्रिन्सले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए । उनले आफूहरुले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गरे ।

 

यस्तै मन्त्री पदम गिरीले खोप लक्षित वर्ग तथा ज्येष्ठ नागरिकलाई दिइने प्रतिबद्धता व्यक्त गरे । ‘हामी ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन्छौं’, मन्त्री गिरीले भने। उनले नेपालमा आएको भूकम्पको समयमा जर्मनीले गरेको सहयोगको पनि प्रशंसा गरे ।