२०८१ बैशाख १४ , शुक्रवार

ट्विटरको नयाँ सिइओ कुकुर ?

सुनाखरी न्युज / काठमाडौं । अरबपति एलन मस्क आजकल ट्विटरको नयाँ सिइओकाे खोजीमा छन् । एलन मस्कले बुधवार (फेब्रुअरी १५) मा यस वर्षको अन्त्यसम्ममा ट्विटरका लागि नयाँ सिइओ भेटिने आशा रहेको बताएका छन् ।

 

दुबईमा वर्ल्ड गभर्नमेन्ट समिटमा एक भिडियो कलमार्फत मस्कले प्लेटफर्मले राम्रोसँग काम गर्न सक्ने सुनिश्चित गर्नु आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताए । उनले भने, ‘सङ्गठनलाई स्थायित्व दिन र आर्थिक रूपमा सुदृढ बनाउन आवश्यक छ जस्तो मलाई लाग्छ । ’ट्विटरको नयाँ सिइओ बारे मस्कले भने, ‘आशा छ यो वर्षको अन्त्यसम्ममा हामीले हाम्रो नयाँ सिइओ पाउनेछौँ ।’

 

मस्कले फ्लोकी नामको कुकुरलाई ट्विटरको नयाँ सिइओको रूपमा नियुक्त गरे ?
हालै, एलन मस्कले ट्विटरमा आफ्नो कुकुर फ्लोकीको तस्बिर सेयर गर्दै ठट्यौली पारामा यसलाई ट्विटरको नयाँ सिइओ बताएका छन् । मस्कले कुकुरको तस्बिर सेयर गर्दै लेखे, ‘ट्विटरको नयाँ सिइओ अद्भुत छ । यो अरू मान्छेभन्दा धेरै राम्रो पनि छ । यसलाई अङ्कको पनि राम्रो ज्ञान छ । र यो स्टाइलिस पनि छ ।’कुकुरलाई खैरो रङ्गको चस्मा र कालो स्वेटर लगाएर कुर्सीमा बसिरहेको देख्न सकिन्छ । यस्तै, उसको टेबलमा एउटा सानो ल्यापटप र केही कागजातहरू पनि देखिन्छन् । मस्कको यो पोस्टमा १ लाखभन्दा बढी लाइक आइसकेको छ । योसँगै प्रयोगकर्ताहरूले मस्कको यो पोस्टमा रोचक कमेन्ट पनि गरिरहेका छन् ।एजेन्सी