२०८१ बैशाख १३ , बिहिवार

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा गर्ने निर्णय

सुनाखरी न्युज / साफ कमिटीको भर्चुअल बैठकले यो प्रतियोगिताको आयोजना भारतमा गर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले स्पोर्टस पार्टनर इन्टरनेसनललाई प्रतियोगिताको मार्केटिङ र कमर्सियल पार्टनरका रुपमा राख्ने निर्णय गरेको छ। साफले गएको डिसेम्बर १३ मा प्रतियोगिता आयोजनाको लागि बिड गर्नका लागि सबै देशलाई अनुरोध गरेको थियो ।

 

त्यसमा नेपालले पनि इच्छा देखाएको थियो। यता पहिलेको ऋण तिन बाँकी रहेका कारण माल्दिभ्सले आयोजना गर्न पाएको थिएन भने सुरक्षाका कारण पाकिस्तानमा आयोजना हुन नसक्ने अवस्था  थियो  ।

त्यस्तै, भारत र भुटानले सुरुआतमा चासो देखाएका थिएनन्। त्यसैले यो प्रतियोगिता नेपालमा हुने सम्भावना पनि थियो। तर भारतले गर्ने भएपछि अन्तिममा यो प्रतियोगिता भारतका केही मैदानमा आयोजना हुने भएको हो। तर यो प्रतियोगिताको लागि रंगशाला भने १० मार्चमा मात्र तय गरिने साफले जानकारी दिएको छ ।