२०८० चैत्र १५ , बिहिवार

स्कटल्यान्ड तीन खेलअगावै लिग–२ च्याम्पियन

सुनाखरी न्युज / काठमाडौं । स्कटल्यान्ड तीन खेलअगावै आईसीसी विश्वकप क्रिकेट लिग–२ च्याम्पियन बनेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियालाई १० विकेटले हराएसँगै स्कटल्यान्ड तीन खेलअगावै सात देश सम्मिलित लिग–२ च्याम्पियन बनेको हो ।

 

तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले जितसँगै ३३ खेलबाट ४८ अंक जोडेको छ । त्यो दोस्रो स्थानको ओमानभन्दा चार अंकले माथि हो । लिग–२ मा सबै (३६) खेल खेलिसकेको ओमानले ४४ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको नामिबियाले ३२ खेलबाट ३७ र चौथो स्थानको अमेरिकाले ३६ खेलबाट ३५ अंक जोडेको छ । पाँचौँ स्थानको युनाइटेड अरब इमिरेट्स (यूएई)ले २६ खेलबाट २७ र छैटौँ स्थानको नेपालले २५ खेलबाट २० अंक जोडेको छ ।

 

तालिकाको पुछारमा रहेको पपुवा न्युगिनीले २८ खेल खेल्दा पाँच अंक मात्र जोड्न सकेको छ । लिगको शीर्ष तीन स्थानमा रहने टिमले यसै वर्ष हुने एकदिवसीय विश्वकपको छनोटमा सिधा प्रवेश पाउनेछन् । त्यसपछिका चार टिमले विश्वकप छनोटमा पुग्नका लागि पनि प्लेअफ खेल्नुपर्ने हुन्छ ।