२०८१ बैशाख ७ , शुक्रवार

रवि लामिछानेविरुद्ध राहदानी कसुरमा फेरि जाहेरी लिनु पर्दैन : सरकारी वकिलको कार्यालय

सुनाखरी न्युज / काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले रवि लामिछानेविरुद्ध राहदानी कसुरमा फेरि जाहेरी लिनु नपर्ने निर्णय गरेको छ ।

 

युवराज पौडेल (सफल)ले गएको माघ २४ गते दायर गरेको जाहेरी प्रहरी कार्यालयले लिन अस्वीकार गरेको थियो । सर्वोच्च अदालतले लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै गरेको फैसलाको पूर्णपाठ नआएकाले उजुरी वा जाहेरी नलिने जानकारी गराइएको थियो ।

 

प्रहरी कार्यालयको सो निर्णयविरुद्ध पौडेलले सरकारी वकिलको कार्यालयमा निवेदन बुझाएका थिए । सरकारी वकिलको कार्यालयले पहिले नै लामिछानेविरुद्ध राहदानी कसुरमा छानबिन भइरहेकाले पुनः जाहेरी लिनु नपर्ने निर्णय गरेको हो । सर्वोच्चमा सांसद पदसम्बन्धी रिटमा सुनुवाइ हुँदा नै पौडेलले गृह मन्त्रालयमा लामिछानेविरुद्ध राहदानीसम्बन्धी विषयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अहिले प्रहरीले छानबिन गरिरहेको छ ।

 

प्रहरीबाट छानबिन सकिएपछि त्यसको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरिनेछ । सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययनपछि मात्र अभियोग दायर गर्ने वा नगर्ने निर्णय गरिनेछ । लामिछानेविरुद्ध अमेरिकी नागरिक रहँदै नेपालको राहदानी प्राप्त गरेको र विदेश आवतजावत गरी त्यसको दुरुपयोग गरेको आरोप छ ।

May be an image of ‎text that says '‎जिल्ला सरकारी वकील कार्यालय कोठमाडौं पत्र सख्या:- ०७९ 0٥0 चलानी い 469 तरकारी आাमোही युवराज पौडेल(सफल) विषय:- मिति:-२०७९।१११०२ उपरोक्त विषयमा तपाईले यस कार्यालयमा मिति २०७९११०२४ भएको जाहेरी दरखास्त उपर जिल्ला प्रहरी परिसर, काठमाडौमा अनुसन्धान भइरहेको भन्ने देखिएकोले सोही विषय सम्बन्धी जाहेरी दरखास्त परयस कार्यरालयबाट केहीगर्न नपर्ने व्यहोरा जानकारी गराईन्छ। ي (अच्यूतमणि नेउपाने) सहन्यायाधिवक्ता व्यावसायिक सिर्जनशील प्रशासन विकास, समृद्धि सुशासन" फोन: ५३३१९४२, ५३२०९५० इमेल: dgao.kathmandu@ag.gov.np ag.gov.np ktmjisawaka@gmail.com वेबसाइट: www.ag.gov.np‎'‎