२०८१ बैशाख १४ , शुक्रवार

मोबाइल पसल लुटपाटमा संलग्नलाई खोज्दै प्रहरी

सुनाखरी न्युज/ सोमबार यातायात मजदुरको आन्दोलन चलिरहँदा उक्त मलमा रहेको दूई ओटा पसल तोडफोड गरी सामान लुटिएको थियो ।यो घटनाको दृश्य सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ भने मोबाइल पसलको सीसीटीभीमा पनि कैद भएको छ । तर घटना भएको दुई दिनमा प्रहरीले चार जना आरोपितलाई मात्रै नियन्त्रणमा लिएको छ ।

मोबाइल पसल तोडफोड गरी भित्र पसेर चोरी गर्ने क्रममा मलमा कार्यरत सुरक्षा गार्डले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । ती चारै जनामाथि प्रहरी वृत्त, महारजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

कार्यालयका अनुसार घटनामा संलग्न सबै व्यक्तिलाई पक्राउ गर्न प्रहरी टोली खटाइसकिएको छ ।