२०८१ बैशाख ४ , मंगलबार

भ्यालेन्टाइन्स डेमा ‘कवितासँग वसन्त’ वाचन

सुनाखरी न्युज / कवि, गीतकार, साहित्यकार तथा उद्योगपति बसन्त चौधरीको ‘कवितासँग वसन्त’ काव्य वाचन गरिएको छ । भ्यालेन्टाइन्स डेको अवसरमा हिजो राजधानीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 

काव्य वाचनलगत्तै चौधरीका दुई कृति ‘मेरा गीत’ र जीवनमन्त्र लोकार्पण गरिएको थियो । उनका हालसम्म डेढ दर्जनबढी कृति प्रकाशित भइसकेका छन् ।

वसन्त प्रेमिल कविका रूपमा प्रख्यात छन् । हिजो प्रणय दिवसको अवसरमा प्रेमिल कार्यक्रम आयोजना गरिएको बताइएको छ ।