२०८१ बैशाख १९ , बुधवार

नेपाल टेलिकमको नेटवर्कमा समस्या

सुनाखरी न्युज / काठमाडौं । नेपाल टेलिकम कर्पोरेसनको (नमस्ते) मा फेरि फोन नलाग्ने समस्या आएको छ । यसअघि, गत महिना पनि टेलिकमको नेटवर्कमा समस्या आएको थियो ।

नेटवर्कमा समस्या आएसँगै नेपाल टेलिकमका सबैखाले सेवा अवरुद्ध बनेको छ । टेलिकमको सिमबाट टेलिकमकै सिममा फोन गर्दा नलाग्ने समस्या आएको हो । टेलिकमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले यसबारे जानकार नभएको जानकारी दिए । तर, टेलिकमको सिमबाट टेलिकम र अन्य कम्पनीको सिममा फोन गर्दा सम्पर्क नभएको भन्छ ।

यस्तै, फोन नै नलागी उठेन र व्यस्त छ भन्ने जवाफ आइरहेको छ । अन्य कम्पनीबाट टेलिकमको सिममा फोन गर्दा समेत समस्या देखाइरहेको छ ।