२०८१ बैशाख ८ , शनिवार

लड क्लबमा रमाइलो हेर्न पुगेका ग्राहकलाई बाउन्सरले कुटे

सुनाखरी न्युज /बुटवल । बुटवल उपमहानगरपालिका वार्ड ११ कालिका नगरमा रहेको बुटवल लड क्लबमा कलाकारको रमाइलो हेर्न पुगेका २ जना ग्राहकलाई क्लबमा बाउन्सरले कुटपिट गरी गम्भीर घाइते बताएका छन् ।

 

गुल्मी जिल्लाको मुसिकोट गाउँपालिका वार्ड नम्बर४ बडागाउँका २७ वर्षीय विनोद गुरुङ, सोही गाउँपालिका वार्ड ७ बस्ने हिमाल भट्टराईलाई बुटवल लड क्लबका बाउन्सर देवदह नगरपालिका वार्ड नम्बर १० बस्ने सागर पुन,विपिन पुन लगायतले खुकुरी तथा रड प्रहार गरी घाइते बनाएका छन् । घटनामा गम्भीर घाइते भएका गुरुङको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । गुरुङको टाउको नाक तथा शरीरमा विभिन्न ठाउँमा चोट लागेपछि लुम्बिनी प्रादेशिक अस्पतालले भैरहवाका मेडिकल कलेजमा रिफर गरेको हो ।

 

गुरुङले क्लबका बाउन्सरहरुले खुकुरी तथा रड प्रहार गरेर कुटिपिट गर्दै आफूहरूले सुनको सिक्री, ब्रासलेट र मोबाइल समेत लुटेर लगेको आरोप लगाएका छन् । उनले आफूहरू विना कारण हतियार प्रयोग ज्यान मार्गे उद्देश्य भए पनि क्लबमा रहेका अन्य दर्शकहरूले रोक्दा आफूहरू बाँचिएको बताएका छन् ।