२०८१ बैशाख ७ , शुक्रवार

सुटिङ सेटमै प्रेम बसेका बलिउडका ६ जोडी

 

सुनाखरी न्युज / काठमाडौं । फिल्मी पर्दामा अक्सर प्रेमकथाले प्राथमिकता पाएको देखिन्छ । प्रेमकथामा देखिने कलाकारको जोडी दर्शकलाई रियल समेत लाग्छ । बलिउडमा यस्तै केही रियल प्रेमकथा छ, जो फिल्मको पर्दामा सुरु भएर वास्तविक जीवनसम्म पुगेको छ ।

अजय देवगन र काजोल
अजय देवगन र काजोलको प्रेम फिल्म सेटबाट टुसाएको थियो । धेरैले यी दुईको प्रेम लामो समय टिक्दैन भन्थे । करिव तर ४ बर्षको प्रेमलाई अजय र काजोलले सन् १९९९ मा विवाहमा परिणत गरे । यी दुबैको वैवाहिक जीवन राम्रो चलिरहेको छ । निकै लजालु स्वभावका अजयले विवाहमा फोटोग्राफर समेत राखेका थिएनन् ।

दीपिका र रणवीर
रणवीर सिंह र दीपिका पादुकोणले प्रेम विवाह गरिसकेका छन् । फिल्ममा प्रेमी प्रेमीकाको भूमिका निर्वाह गर्दे गर्दा यी दुईबीच प्रेम बसेको थियो । केही फिल्ममा रिल जोडी बनेपछि दुबैले रियल जोडी बन्ने निर्णय लिएका थिए ।

अनुष्का र विराट
विराट कोहली र अनुष्का शर्माको पहिलो भेट २०१३ मा एक टिभी विज्ञापन सेटमा भएको थियो । त्यसपछि यी दुवैको मित्रता झाँगिदै गयो । २०१४ मा विराट साउथ अफ्रिकाबाट फर्किदै गर्दा अनुष्काले एयरपोटमा कार पठाएकी थिइन् । बढ्दै गएको प्रेम यी दुवैले २०१७ मा विवाहमा परिणत गरे ।

अक्षयकुमार र ट्विङ्कल
सन् २००१ मा अक्षयकुमार र ट्विङ्कल खन्नाले विवाह गरेका थिए । यी दुईको प्रेम फिल्म अभिनयको सिलसिलामा पलाएको थियो । अक्षय अहिले पनि फिल्म अभिनयमा छन्, भने ट्वीङ्कल अभिनय बाहिर छिन् ।

अभिषेक र ऐश्वर्या
अभिषेक बच्चन र ऐश्वर्या रायले पनि प्रेम विवाह गरेका हुन् । २००७ मा विवाह गरेका यो जोडीको प्रेम फिल्म अभिनयको सिलसिलामा बसेको बताइन्छ ।

धर्मेन्द्र र हेमा
धर्मेन्द्र र हेमाको प्रेमले धेरै आलोचना खेपेको थियो । हेमासँग पहिलो भेट हुँदा धमेन्द्र विवाहित थिए । हेमाको प्रेम जीतेन्द्रसँग पनि बसेको थियो । जीतेन्द्र हेमासँग विवाहको तयारीमा थिए । तर हेमाले धमेन्द्रसँग विवाह गरिन् । सन् १९८० मा धमेन्द्र हेमाको विवाह भएको थियो ।एजेन्सी