२०८१ बैशाख १२ , बुधवार

सर्वोच्च कहिलेसम्म कामु प्रधानन्यायाधीशको भरमा चल्छ : अर्जुननरसिंह केसी

सुनाखरी न्युज / काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा कहिलेसम्म चल्ने भन्दै प्रश्न उठाउनु भएको छ ।

 

बुधबार प्रतिनिधि सभा बैठकको सुरुमा समय लिएर बोल्दै उहाँले सर्वोच्चमा एक वर्षदेखि रिक्त रहेको प्रधान्यायाधीशको विषयमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराउनुभयो ।

केसीले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव संसद्ले किन टुंगोमा नपुर्‍याएको भन्दै प्रश्न गर्नुभयो । उहाँले निवर्तमान प्रधान्यायाधीश चोलेन्द्रशमशेरको महाभियोग प्रस्ताव चाँडै टुंग्याउनु पर्नेमा जोड समेत दिनुभयो ।