२०८० चैत्र १६ , शुक्रवार

सुनचाँदीको भाउ घट्यो

सुनाखरी न्युज / काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।