२०८१ बैशाख ११ , मंगलबार

चलचित्र ‘जारी’को टिजर सार्वजनिक

सुनाखरी न्युज / काठमाडौं । बैशाख १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जारी’को आधिकारिक टिजर सार्वजनिक भएको छ । मंगलबार युट्युबमा सार्वजनिक गरिएको टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ ।

 

२ मिनेट ४६ सेकेण्ड लामो टिजरमा लिम्बु समुदायमा गाइने ‘पालाम’लाई चित्रण गर्दै गरेका रोयदीप श्रेष्ठलाई टिजरमा प्रस्तोताको रुपमा प्रस्तुत गरिएको छ । टिजर कविताबाट सुरु भएर कवितामै टुंगिएको छ ।‘जारी’ प्रथाको कथावस्तुमा आधारित चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय रहेको छ ।

 

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेका चलचित्रका निर्माता रामबाबु गुरुङ हुन् । सैलेन्द्र डि कार्कीको छायांकन रहेको चलचित्रमा निमेश श्रेष्ठको सम्पादन छ । चलचित्रमा दयाहाङ र मिरुना, रोयदीप बाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ ।