२०८१ बैशाख १२ , बुधवार

राष्ट्रपति भण्डारी आज दाङ जाँदै

सुनाखरी न्युज / काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्न आज दाङ जाने भएकी छन् । राष्ट्रपति भण्डारीले आज दाङको बेलझुण्डीमा निर्माण भएको नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने भएकी हुन् ।

 

नेपाल संस्कृत विश्वविद्यालयले पत्रकार सम्मेलन गर्दै उक्त विश्वविद्यालयलाई राष्ट्रपतिले उद्घाटन गर्ने जानकारी दिइएको थियो । २०७४ सालमै निर्माण सम्पन्न भएको आयुर्वेद शिक्षण भवनको आज उद्घाटन हुने भएको हो ।

 

उक्त भवनको लागत २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागेको थियो ।