२०८१ बैशाख ६ , बिहिवार

अभियान लघुबित्त द्वारा मृतकको परिवारलाई बिमा रकम हस्तान्तरण

सुनाखरी न्युज /बाँके । अभियान लघुबित्त बित्तिय संस्थाको शाखा कार्यालय हवल्दारपुर , बाँकेले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

 

कोहलपुर नपा ५,शाझाचोक, बाँकेका ३२बर्षिय टीकाराम लामिछानेको मृत्यु भएकोमा उनकी श्रीमती समिक्षा गौतम लाई बीमा बापत दुई लाख साठी रुपैयाँ प्रदान गरेको हो । मृतक लामिछानेको मृत्युले शोकाकुल बनेकी उनकी श्रीमती समिक्षा गौतम लाई अभियान पुरुष समुह केन्द्र न २० का सदस्य एवम केन्द्र संचालक रक्षा चौधरी , मीन बहादुर चौधरी कर्मचारी को उपस्थितीमा शाखा प्रमुख जनक बहादुर ताम्राकारले ग्राहक सदस्य कै घरमा पुगी रकम प्रदान गरेका हुन् ।

 

केन्द्रिय कार्यालय पनौती ४, काभ्रेपलान्चोक रहेको राष्ट्रियस्तरको अभियान लघुबित्तले आफ्ना ग्राहक सदस्यहरुलाई सुत्केरी खर्च,काज कृया खर्च र कर्जा बीमा सम्बन्धि राहत प्रदान गर्दै आइरहेको छ ।