२०८१ बैशाख ४ , मंगलबार

ग्राहकको अनुमतिबिना सेवामा शुल्क लिए बैंकले ग्राहकलाई थप १० प्रतिशत तिर्नुपर्ने

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं । ग्राहकको अनुमतिबिना दिइएको सेवामा शुल्क लिए बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा हाल्दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

 

खातावालाहरूलाई पनि आफूले नमागेको यस्तो सुविधावापत बैंकहरूले शुल्क लिएका सम्बन्धित बैंक तथा वित्तीय संस्थाको वेबसाइटमा उपलब्ध गुनासो अधिकारी समक्ष गुनासो दर्ता गर्न भनिएको छ।

 

यसरी दर्ता गरिएको गुनासोमा सुनवाई नभए राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा जानकारी गराउन समेत भनिएको छ।

May be an image of text