२०८० चैत्र १६ , शुक्रवार

नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत

सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधीसभाको निर्वाचनमा निर्वाचित हुनुहुने नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरुलाई महासंघले सम्मान गरेको छ । हालै काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रममा वीच महासंघले उहाँहरुलाई सम्मान गरेको हो ।

 

सम्मानीत हुनुहुने महासंघका सल्लाहकारहरुमा प्रतिनिधिसभा सदस्यहरु क्रमशः प्रकाशमान श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, छविलाल विश्वकर्मा र रणेन्द्र वराइली हुनुहुन्छ ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यले उहाँहरुलाई सम्मना गर्नुभयो । त्यस अवसरमा सम्मानीत ब्यक्तित्वहरुले आफूहरुलाई सम्मान गरेकोमा खुशी ब्यक्त गर्नुभयो । त्यसक्रममा महासंघका विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।