२०८१ बैशाख १३ , बिहिवार

नेप्सेमा आज पनि गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से १६.४० अंकले घटेर दुई हजार एक सय ५ दशमलव ४६ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब ७८ करोड ७० लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६२ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । युनिलिभर नेपाल लिमिटेडको शेयुमूल्य ६.१२ प्रतिशतले बढेर प्रतिकित्ता २० हजार २६९ रुपैयाँ पुगेको हो ।

 

आज बलेफी हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ७ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ ।