२०८१ बैशाख ७ , शुक्रवार

बालाजु प्रहरी वृत्तका डीएसपी रानीपोखरी तानिए

सुनाखरी न्युज/ काठमाडौं । प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन विष्टलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा तानिएको छ । सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनापछि उनको जिम्मेवारी हेरफेर भएको हो ।

 

डीएसपी विष्टलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको छ । विष्टको ठाउँमा डीएसपी मनोजित कुँवरलाई बालाजु प्रहरी वृत्तमा पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता एसएसपी हिमालय कुँवर श्रेष्ठले बताए । संगठनको आवश्यकता अनुसार जिम्मेवारी हेरफेर भएको उनले जानकारी दिए ।

 

सोमबार यातायात मजदुरको प्रदर्शनका क्रममा डीएसी कुँवर चढ्ने गाडी र बसपार्कस्थित प्रहरी बिटमा समेत आगजनी भएको थियो । त्यस्तै बसपार्कस्थित ल्होत्से मलमा रहेका मोबाइल पसल र सुपरमार्केटमा समेत तोडफोड र लुटपाट भएको थियो ।