२०८१ बैशाख १३ , बिहिवार

कोका-कोला नेपालले ल्यायो चार्ज्डको नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ

सुनाखरी न्युज/ काठमाडौं । अग्रणी पेय पदार्थ दाबी गरिएको कोका-कोला नेपालले चार्ज्ड नामको नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ ।

 

कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी नयाँ उत्पादन सार्वजनिक गरेको हो । यो नयाँ पेय पदार्थले उपभोक्तालाई बेरीको स्वादमा इलेक्ट्रिफाईङ फिजी जिङ प्रदान गर्ने कम्पनीले जनाएको छ । चार्ज्डको लन्चसँगै कोकाकोला नेपालको पेय पदार्थको पोर्टफोलियोमा नयाँ स्वाद थपिएको कम्पनीले जनाएको छ ।

 

आफ्ना उपभोक्तालाई उनीहरुको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्प उपलब्ध गराउने आफ्नो प्रतिवद्धता स्वरुप चार्ज्डलाई बजारमा ल्याइएको र यो छिटै नै उपभोक्तामाफ लोकप्रिय हुने कम्पनीको विश्वास छ ।