२०८१ बैशाख १३ , बिहिवार

लमहीको देउपुरमा अभियान लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ दाङ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण भेगका महिलालाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । लघुवित्तले दाङ जिल्लाको लमही नगरपालिका वडा नं ६ देउपुरका संस्थामा आवद्ध महिला सदस्यहरुलाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरेको छ ।

No description available.
लमही शाखाको आयोजनामा ‘पेवा बचत हाम्रो बचत’ भन्ने भन्ने नाराका साथ वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको थियो । तालिममा शाखा प्रमुख मनोज आचार्यले बित्तीय सस्थाको कार्य, महत्व, लघुवित्तको इतिहास, कार्यहरु, सेवाहरु, बिमाको महत्व, रेमिटान्स सेवाको परिचय, बचतको महत्व, किन बचत गर्नुपर्छ , लघुवित्त सस्थाले उपलब्ध गराउने धितो तथा बिनाधितो कर्जाको प्रक्रिया, कर्जा भुत्तानीको तरिका, कर्जा सदुपयोगिताको महत्व, कर्जा सुचना केन्द्रको कार्य, ऋणी कालो सुचिमा पर्दा हुन सक्ने समस्या र लघु बिमाको महत्व बारे प्रशिक्षण दिनु भएको थियो ।

 

करिब २५ जना महिलाहरुको सहभागिता रहेको तालिममा शाखाका कर्मचारी मिना कुमारी कंडेलले संस्थाको परिचय, शाखाको गतिबिधि तथा सेवा प्रवाह बारे जानकारी दिनु भएको थियो ।