२०८१ बैशाख ६ , बिहिवार

सामान्य ६ आनीबानीले गर्छ ठूलो हानि

सुनाखरी न्युज/ काठमाडौं । स्वस्थ रहनका लागि हामी विभिन्न कुरामा ध्यान दिइरहेका हुन्छौं । तर पनि जानी नजानी केही यस्ता गल्ती गरिरहेका हुन्छौं । हामीलाई सामान्य लाग्ने केही बानी, जसले स्वास्थ्यमा हानि पुर्‍याइरहेका हुन्छन् ।

 

हाच्छ्युँ रोक्नु
यदि तपाईंको हाच्छ्युँ रोक्ने बानी छ भने छोडिहाल्नुहोस् । नाक समाएर हाच्छ्युँलाई रोक्दा ‘इन्ट्राक्रैनियल’ मस्तिष्क वरिपरि दबाब पर्छ । यसले मस्तिष्कमा रगतको प्रवाहलाई रोक्छ र रक्तनलीलाई संकुचित बनाउँछ । यसले टाउको दुख्ने र कालान्तरमा सुन्ने क्षमता कमजोर हुन सक्छ ।

ओछ्यानबाट जुरुक्कै उठ्नु
हान ओछ्यानमा सुतिरहेको बेला हाम्रो शरीर ‘आनन्दित’ अवस्थामा हुन्छ । एकाएक ओछ्यानबाट जुरुक्कै उठ्यो भने रक्तसञ्चार बढ्छ भने मांसपेशीमा दबाब बढ्न सक्छ । त्यसैले ओछ्यानबाट उठ्नुभन्दा अगाडि शरीरलाई राम्ररी तन्काउनुपर्छ ।

 

दिसा-पिसाब गर्दा बल गर्ने
दिसा–पिसाब गर्न बल गर्नु हुँदैन । बल गर्दा पेटभित्रको प्रेसर बढेर आउँदा हर्नियाँ हुने सम्भावना हुन्छ । दिसा गर्न बल प्रयोग गर्दा गर्दा मांसपेशी कमजोर हुन्छ ।

सिन्काले कान कोट्याउने
कान चिलाउने समस्या त सबैलाई हुन्छ । कान चिलाएपछि हामी सिन्का तथा ईअर बर्डले हामी कोट्याउने गर्छौं । कान संवेदनशील अंग भएकाले जथाभावी कान कोट्याउँदा जाली फाट्न सक्छ । त्यसैले जथाभावी कान पनि कोट्याउनु हुँदैन ।

 

कुप्रिएर भारी उठाउने                                                                                                                                                                  कुप्रिएर भारी सामान उठाउनु पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । कुप्रिएर भारी तौल उठाउँदा मांसपेशीमा दबाब पर्न सक्छ । यसले मांसपेशीलाई क्षति पु¥याउँछ । यसरी बढी तौल उठाउँदा खुट्टा, कम्मर, पेटका साथै मुटु र कलेजोलाई असर गर्न सक्छ ।

एकै ठाउँमा लामो समय बस्नु
एउटै ठाउँमा एउटै ‘पोजिसनमा २० मिनेटभन्दा धेरैबेर बस्दा पनि ढाड दुख्छ । जुनसुकै काम गर्दा एउटै पोजिसनमा बस्दा मांसपेशी कमजोर हुन्छ र ढाड दुख्ने समस्या हुन्छ । त्यसैले एकै ठाउँमा लामो समय बस्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ ।