२०८१ बैशाख १२ , बुधवार

जनयुद्ध दिवसबारे कांग्रेसको धारणा के ?

डा. मिनेन्द्र रिजाल-
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले फागुन १ लाई  जनयुद्ध दिवसु को रुपमा मनाउने सरकारको निर्णयबारे पार्टी मौन रहेकोमा प्रश्न गरेका छन् ।

 

ट्विटरमा  महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र प्रवक्ता प्रकाशशरण महतलाई मेन्सन गर्दै रिजालले यसबारे धारणा राष्ट्रपति निर्वाचनपछि कि अहिले आउँछ भनेका छन् ।

 

 

‘एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले बृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित  ‘जनयुद्ध दिवस’  बारे हाम्रो दल नेपाली कांग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचनपछि ?

आइतबार बिदा दिने निर्णय सरकारले  गरेपछि माओवादी इत्तर कित्ताबाट उक्त निर्णयको विरोध भइरहेको छ।कांग्रेस नेता शेखर कोइरालाले पनि विरोध गरेका छन् । सत्तारुढ दल एमालेकै नेताहरुले पनि सरकारको उक्त निर्णयको विरोध गरिरहेका छन् ।