२०८१ बैशाख ६ , बिहिवार

अब आउने आइफोनमा टाइप सी चार्जर पोर्ट !

सुनाखरी न्युज/ काठमाडौं । कुनैपनि विकल्प बाँकी नरहेपछि एप्पलले अब आफ्ना आगामी आइफोनहरुमा युएसबी टाइप सी पोर्ट राख्ने भएको छ । सबै स्मार्टफोनहरुमा एकै खालको चार्जर लाग्नुपर्ने (कमन चार्जर रुल) का कारण आइफोनले बाध्य भएर आफ्ना आइफोनमा पनि टाइप सी पोर्ट राख्ने भएको हो । हाल आइफोनमा अरु कुनैपनि स्मार्टफोनमा नमिल्ने Lightning चार्जर पोर्ट हुन्छ । समाचार अनुसार एप्पलले आफ्ना आइफोनमा टाइप सी पोर्ट राखेपनि एन्ड्रोइड फोनका टाइप सी चार्जर बाट पनि चार्ज गर्न नसक्ने बताइएको छ ।

 

किनकी एप्पलले आफ्ना आइफोनका लागि कस्टमाइज्ड युएसबी टाइप सी पोर्ट राख्नेछ र त्यसलार्य केवल आइफोनका लागि मात्र बनाइनेछ । समाचार अनुसार टाइप सी पोर्ट राखेपनि एप्पलले यसलाई त्यति सजिलो भने बनाउने छैन । एप्पलले यसका लागि कस्टम इन्टिग्रेटेड सर्किट अर्थात् आइसी इन्टरफेस पोर्ट बनाउनेछ । अघिल्लो वर्ष युरोपियन युनियनले एप्पललाई आफ्नो चार्जिङ पोर्टमा युएसबी सी पोर्ट राख्न आदेश दिएको थियो । हाल एप्पलका म्याकबुक तथा आइप्याडमा युएसबी टाइप सी पोर्ट हुन्छ । जसलाई अब आइफोनमा पनि राख्ने एप्पलको तयारी छ । एप्पलले आइफोनमा लाइटनिङ पोर्ट दिएको हुन्छ । यसमा Built in Authentication प्रणाली रहेको हुन्छ ।

 

यसको अर्थ आइफोनका लाग डिडिजाइन गरिएका चार्जरबाट मात्रै आइफोन चार्ज गर्न सकिन्छ । एप्पलले आफ्नो लाइटनिङ पोर्टमा जस्तै युएसबी टाइप सी पोर्टमा पनि अथेन्टिकेसन प्रोसेस जस्तै कस्टम इन्टिग्रेटेड सर्भिस चिप राख्न सक्नेछ । जसका कारण अन्य आम टाइप सी युएसबी केवलबाट आइफोन चार्ज गर्न सकिने छैन । एजेन्सी