२०८१ बैशाख ७ , शुक्रवार

हुण्डाईले ल्यायो विद्युतीय गाडीको खरिदमा अफर

सुनाखरी न्युज/ काठमाडौं । नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले विद्युतीय गाडी कोना तथा लोनिक ५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ ।

 

‘वान मोर रिजन टु गो इलेक्ट्रिक’ नारा सहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी कोना तथा लोनिक ५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको वाशिङ मेशिन उपहार प्राप्त गर्न सक्नेछन्। समय सापेक्ष योजनामार्फत ग्राहकहरूको मन जित्न लक्ष्मी इन्टरकटिनेन्टलले आकर्षक योजनाहरू बजारमा ल्याउँदै आएको बताएको छ। अहिलेको आवश्यकता अनुरुप विद्युतीय गाडीको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्द्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीको भनाइ छ।

 

विद्युतीय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टलले चार्जिङ स्टेसनहरूको निर्माण गरिरहेको छ। कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ स्टेशनमार्फत नेपालभरी नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको जानकारी दिएको छ।