२०८० चैत्र १६ , शुक्रवार

अस्ट्रेलियाको भिक्टोरियामा नेपालीद्धारा बनाइएको पहिलो मन्दिरमा पहिलो सामुहिक ब्रतबन्ध

सुनाखरी न्युज/ काठमाडौं । हाम्रो संस्कृति र परंपरा जोगाउन सकियो भने मात्रै हाम्रो पहिचान पनि बच्छ । त्यसैले अस्ट्रेलियाको भिक्टोरियामा सामुहिक ब्रतबन्ध कार्यक्रम गरिएको समाचार तपाइंको लोकप्रिय पत्रीकामा प्रकाशित गरिदिनुहुन अनुरोध छ ।

 

अस्ट्रेलियाको भिक्टोरियामा नेपालीद्धारा बनाइएको पहिलो मन्दिरमा पहिलो सामुहिक ब्रतबन्ध अस्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा अबस्थित The Great Stupa of Universal Compassion को हाताभित्र उमेश श्रेष्ठ र जेस्मिन श्रेष्ठद्धारा आफ्नी दिबंग छोरी बृस्टि श्रेष्ठको संझनामा निर्मित गणेश मन्दिर (नेपालीद्धारा भिक्टोरियामा बनाइएको पहिलो मन्दिर) परिसरमा आयोजना गरिएको पहिलो सामुहिक ब्रतबन्ध सम्पन्न भएको छ । कार्यक्रममा भिक्टोरिया निवासी सात र क्यानडादेखि घुम्न आएको अबसरमा उक्त अबसर जुटेकोले सो कार्यक्रममा सहभागी बन्न पुगेका एक गरी ८ जनाको सामुहिक ब्रतबन्ध परंपरागत बिधिपूर्बक पंडित शंकर प्रसाद गौतमद्धारा गराइएको थियो ।

 

संपन्न कार्यक्रमपस्चात गरिएको सानो समालोचनात्मक छलफलका आधारमा ८ जनाको सहभागिता ठीक्कको संख्या भएको र सहभागी प्रत्येकलाई ब्रतबन्ध गर्दा अपनाइनुपर्ने परंपरागत संपूर्ण बिधिमा राम्रोसंग सहभागी गराउन भबिस्यमा बढीमा १० जनासम्मलाई संलग्न गराइ कार्यक्रम गर्न सकिने धारणा बनेको छ । सामुहिक ब्रतबन्धको लागि आबस्यक संपूर्ण सामग्रीको ब्यबस्थापन र अन्य ब्यबस्थाको लागि संयोजनकारी भूमिका उमेश श्रेष्ठद्धारा गरिएको थियो । कार्यक्रम गर्दा उठेको रकमबाट संपूर्ण खर्च कटाएर बाँकी रकम मन्दिर बिस्तारको योजनामा खर्चिइनेछ ।

 

कार्यक्रममा नेपाल सरकारको सचिब, राष्ट्रिय योजना आयोगका सल्लाहकार, निर्वाचन आयुक्त जस्ता थुप्रै जिम्मेवारी बहन गरिसक्नु भएका विस्व मान श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व सल्लाहकार रामकुमार श्रेष्ठ, पूर्व सह सचिब एबं लेखिका एबं साहित्यकार मोती शोभा श्रेष्ठ लगायत १०० जनाको उपस्थिति थियो ।