२०८० चैत्र १६ , शुक्रवार

हुण्डाईको विद्युतीय गाडी कोना र लोनिक ५ खरिदमा नयाँ अफर

सुनाखरी न्युज/ काठमाडौं । हुण्डाईको विद्युतीय गाडी कोना र लोनिक ५ खरिदमा नयाँ अफर ल्याएको छ । हुण्डाई नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले आफ्नो विद्युतिय गाडी कोना तथा लोनिक ५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको हो ।

 

‘वान मोर रिजन टु गो इलेक्ट्रिक’ नारा सहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतिय गाडी कोना तथा लोनिक ५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस को वाशिङ्ग मेशिन उपहार प्राप्त गर्न सक्नेछन् । समय सापेक्ष योजनाहरु मार्फत आफ्ना ग्राहकहरुको मन जित्न लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले सधैं आकर्षक योजनाहरु बजारमा ल्याउँदै आएको जनाएको छ । अहिलेको आवश्यकता अनुरुप विद्युतिय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

 

विद्युतिय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आक्रामक रूपमा चार्जिङ्ग स्टेसनहरुको निर्माण गरिरहेको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको जनाएको छ ।