२०८१ बैशाख ८ , शनिवार

फाइजरको बुस्टर डोज बाइभ्यालेन्ट नेपाल भित्रियो

सुनाखरी न्युज/ काठमाडौं । फाइजरको बुस्टर डोज बाइभ्यालेन्टको ३ लाख ४५ हजार ६०० खोप नेपाल भित्रिएको छ ।

 

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.सर्वेश शर्माले सोमबार पहिलो चरणअन्तर्गत ३ लाख ४५ हजार ६०० डोज खोप भित्रिएको छ। कोभ्याक्स सुविधानअन्तर्गत प्राप्त यो खोप नेपालका लागि पहिलो हो। अब फागुन ४,८ ,११ र १५ गते क्रमिक रूपमा यो खोप आउने स्वास्थ्य सेवा विभागले जनाएको छ।

 

उनका अनुसार गाभीमार्फत प्राप्त उक्त खोपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिनेछ। ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ ।