२०८१ बैशाख १३ , बिहिवार

सेगवे-नाइनबटको नयाँ हाई-पावर ई-स्कुटर एन१०० नेपाली बजारमा सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक बिक्रेता आई हब प्रालिले एन–सिरिजअन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ।

 

अलि बढी पावरका साथ अझ प्रभावशाली नाइनबट एन१०० एन सिरिजअन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो। एन१०० सहरी क्षेत्रको यात्रामा शैली, आराम र दक्षता ल्याउन डिजाइन गरिएको आधुनिक गतिशीलताका लागि नयाँ समाधान हो। जसले सवारीचालकहरुलाई नयाँ र उच्च स्तरको सुविधा प्रदान गर्दछ।

 

सेगवेले ग्राहकको उपस्तिथतिमै भर्खरै बजारमा ल्याउँदै गरिएको एन१०० लगायत अन्य उत्पादनहरू अनुभव गर्नका लागि रमाइलो कार्निभल आयोजना गर्दैछ। कार्यक्रम यही माघ २७ देखि फागुन ५ गतेसम्म ललितपुरको झम्सिखेलमा चल्नेछ। सहभागीले सेगवेका नयाँ उत्पादनको टेस्ट राइड गर्ने र सेगवेका अन्य नवीन उत्पादनसँग रेसिङ सेगवेमार्फत अनुहारमा मुस्कान ल्याउने विशेष अवसर हुनेछ।