२०८० चैत्र १६ , शुक्रवार

सुनचाँदीको भाउ स्थिर

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको भाउ स्थिर रहेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।