२०८१ बैशाख ११ , मंगलबार

गायक रामकृष्णको ममता सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा आमाको ममता बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।

 

गीतमा अर्जुन सुवेदीको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको छ। नक्षत्र प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा बुवा र उनीहरूसँग पनि विछोड भएपछि गर्नुपरेको संघर्ष देखाइएको छ। विधान कार्कीले निर्देशन गरेको भिडियोमा सुनील थापा, हिउँवाला गौतम, गौरव पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय रहेको छ। गायक ढकालले यस गीतले आप्mनो जीवनको केही अंश प्रस्तुत गरेको जनाउँदै कहिलेकाहिँ जन्म दिनेभन्दा कर्म दिने अभिभावक महइभ्वपूर्ण हुने बताए। ‘म पनि संगीत क्षेत्रमा निकै संघर्ष गरे रआएको हुँ। म जुन समय र परिवेशमा यस क्षेत्रको लागि घर नै छोडेर आएँ, त्यहाँ मलाई कर्म दिने गोपाल कर्माचार्य भेटिनुभयो।

 

अहिलेको जस्तो सहज परिस्थितिमा समेत कलाकार हुन निकै संघर्ष गर्नुपर्ने अवस्था छ भने मैले त्यो समयमा कति संघर्ष गर्नु परेको होला’ ढकालले सम्झिए ‘मैले पहिलोपटक २०४४ सालमा नेपाल ल क्याम्पसमा गीत गाएको थिएँ। त्यसपछि मैले नेपालका प्रायः सबै कलेजमा गीत गाएँ । १२ वर्षको हुँदा २२ वटा गीत गाउँदै ढकाल सुमधुर साँझ गरेपछि मैले आजसम्म पछाडी फर्किनु परेको छैन ।’ निर्माता तथा गीतकार सुवेदीले बाल्यकालमा आफुले देखेको सत्य घटनालाई आधार मान्दै यो गीत तयार गरेको बताए। भिडियो निर्देशक विधान कार्कीले समाजमा देखिने घटनालाई लिएर म्युजिक भिडियो बनाएको बताए। उनले यो गीतमार्फत जन्म दिने मात्र नभई कर्म दिने अभिभावक पनि उत्तिकै महइभ्वपूर्ण हुन्छन् भन्ने सन्देश दिन खोजेको बताए। भिडियोमा छायांकन उत्सव दाहाल र सम्पादन विकास दाहालको छ।