२०८१ बैशाख १४ , शुक्रवार

नेपाल सरकारले टर्कीलाई राहत सामग्री हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले टर्की एयरलाइन्सका जनरल म्यानेजर सर्कन बसारलाई उक्त राहत सामग्री हस्तान्तरण गरेकी हुन्।

आज बिहान ११ बजे टर्की एयरलाइन्सबाट भूकम्पपीडितका लागि राहत सामग्री पठाउन लागिएकाे हाे। सामग्री शुक्रबार नै पठाउने भनिएकाे थियाे। तर, टर्कीले क्लियरेन्स दिन समय लगाएपछि ढिला भएकाे हाे। विभिन्न संघसंस्थाकाे समन्वयमा नेपाल सरकारले राहत सामग्री पठाउन लागेकाे हाे।

 

राहतमा टेन्ट, न्यानाे कपडा, औषधी, स्वास्थ्य उपकरणलगायतका सामग्री छन्। सामग्रीकाे कुल ताैल २२ हजार ७८७ केजी रहेकाे छ। १९ वटा पल्लेटमध्ये आज ३ वटामात्र पठाइने परराष्ट्रले जनाएकाे छ। टर्की सरकारले यी सामग्री तत्काल आवश्यक रहेको बताएकाे थियाे।