२०८१ बैशाख १३ , बिहिवार

बजारप्रति राष्ट्र बैंक नकारात्मक छैन : गभर्नर

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंककागभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैक सेयर बजार प्रतिनकारात्मकनभएको बताए। उनकाअनुसार राष्ट्र बैक सेयर बजारप्रतिनकारात्मकहुने कुनै कुरा छैन।

 

सेयर बजार नियमनकालागि नेपालधितोपत्रबोर्ड (सेबोन) रहेको छ। राष्ट्र बैंकले बैक तथावित्तिय संस्थालाई नियमन गर्ने हो। बाफियामापर्ने संस्थाहरुलाई नियमन गर्ने हो। त्यस्ता संस्थामानियमगर्दा कुनै कुनै किसिमले असर परेको होला, उनले भने, हामीले पुँजीबजारलाइ असर पुर्याउनु हुदैन। त्यसै गरि विदेशीको मुद्राको संचितीमाचाप पर्दा केहि वस्तुमा आयातप्रतिबन्धलगाइएको र अहिले उक्तप्रतिबन्ध हटिसकेको बताए। उनकाअनुसार उक्तप्रतिबन्ध सीमित समयकालागिथियो। ‘त्यसै गरि अहिले एलसीको मार्जिन बैंकलाई नै छाडिएको छ,’ उनले भने।

 

अर्थविद प्राध्यापक डा अच्युत वाग्लेले राजनीतिकक्रान्ति सम्पन्न भएसकेकाले अब आर्थिक विकासलाई प्राथमिकतादिनुपर्ने बताए । ‘नेपालशान्तिप्रक्रियामाआएको र संवैधानिक स्थायीत्वतिर जानथालेकाले अबको प्राथमिकताआर्थिक बहसतिर हुनुपर्छ,’ उनले भने ।उनले अबको मुख्य बाटो समेत त्यतातिरै भएको बताए। ‘संसारका प्रतिष्ठित संस्थाहरुले गरेका रेटिङका आधारमा संसारका १९३ देशमध्ये नेपाललोकतान्त्रिक सुचकांकमा १०१ स्थान, बजार प्रतिपस्पर्धी सुचकांकमा १३१ स्थान, भ्रष्टाचार नहुने मुलुकुमा ११० स्थान,प्रतिव्यक्तिआयमा १५९ स्थान, मानवविकास सुचाकांकमा १४२ स्थान, राहदानीमा १८६,शासकीय सुचाकांकमा १३९ स्थान, नवप्रवर्तनमा १११ डुइङ बिजनेसमा ९४ स्थानमा,जीनवयापन गुणस्तर ०.९५ स्थानमा छ। आन्तरिक इन्डिकेटर राम्रा छैनन्,’उनले भने ।

 

 

विगतकाअर्थमन्त्रीदेखि गभर्नर सम्मले आफु पदमाहुदा राम्रो काम गरेको बताएपनि अर्थतन्त्रले त्यस्तो नबताउने उनको भनाइ छ। उनले अहिलेको प्राथमिकता कृषि नै हुनुपर्ने बताए। उनले उच्चशिक्षामालगानीगर्न सके योग्यजनशक्तिउत्पादनहुने र त्यसले अर्थतन्त्रलाइ राम्रो गर्ने बताए। अहिलेको उच्चशिक्षाको प्रणाली कोल्याप्स भएको उनको भनाइ छ। निजीकरण भएका संस्थानहरुको मूल्यांकन गर्ने बेलाभएको अर्थसचिवतोयम रायाले बताए । निजीकरण भएका संस्थानहरुको मुल्यांकनहुने बताए । ‘निजीकरणमा गएपछि त्यो सफलभयो त?,मूल्यांकन गर्ने बेलाभएको छ। संस्थानहरुको अवस्था के छ?पहिले र अहिलेको परिवेश फरक छ। मूल्यांकननगरी अघि बढ्दैनौ,’उनले भने।

 

विश्वबैंकका नेपाल, श्रीलंका तथा माल्दिभ्स निर्देशक फारिस हदादजर्वोसले नेपालले विकासको नयाँमोडल विकास गर्नुपर्ने बताए । ‘नेपाललाई यस्तो मोडल चाहिएको छ जसले आर्थिक वृद्धि मात्रै होइनरोजगारीपनि सृजना गरोस्,’उनले भने, ‘र, त्यस्तो रोजगारी औपचारिक क्षेत्रमा सृजनाहोस्, जसमामहिला र युवाहरु सहभागीबन्नपाऊन् ।’