२०८० चैत्र १५ , बिहिवार

अर्थतन्त्रको समस्या समाधान जीवन मरणको लडाइँ हो : प्रधानमन्त्री प्रचण्ड

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्नु जीवन मरणको लडाइँ रहेको बताएका छन् ।

 

आइतबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेका नेपाली अर्थतन्त्रको अबको बाटो विषयककन्फरेन्स तथा सेजन अवार्ड २०७९ कार्यक्रममा सम्बोधनगर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले अर्थतन्त्रकोण् सुधारलाई प्रमुख एजेण्डाबनाएको बताएकाहुन् । ‘मैले पहिलो र दोस्रो कार्यकाल संविधान कार्यान्वयनमा केन्द्रित हुनु पथ्र्यो गरे पनित्यसो गरेपनि,”उनले भने, ‘निर्वाचन अभियान चलाउदा पनि अबको समय आर्थिक उन्नती र विकास नै हो भनेको थिएँ। त्यसकानिम्ती सुशासनअपरिहार्य छ।’

 

उनले समाजिकन्याय सुशासन र समृद्धिको बाटोमा देशलाइ डोर्याउने अभिभारा रहेको भन्दै जनतासंग गरेको बाचा संकल्प निष्ठापूर्वक अघि सारेको बताए। उनलेनेपाली अर्थतन्त्रलाइ सुधार्ने कुरा सजिलो नभएको भन्दै राष्ट्रिय अन्तराराष्ट्रिय चुनौतीहरुको समाना गर्नु परेको बताए । पछिल्लो दुई महिना अर्थतन्त्रमा सुधार देखिएका छ तर यो स्थायीखालको नभएको उनको स्वीकारोक्ती रहेको थियो । उनले अबको आर्थिक विकासलाई लागि कृषिलाई नै प्राथमिकतामा राख्नुपर्ने बताए। त्यसैगरीप्रधानमन्त्रीप्रचण्डले आर्थिक विधेयकहरु लाई उच्च प्राथमिकतामा राखेको बताए। देशलाईआर्थिक निकास दिनविधेयकलाईप्राथमिकतामा राखेको उनको भनाइ छ। उनले आर्थिक विकासको लागि कृषिलाई प्राथमिकतादिनु पर्ने बताए । “हिजो नेपालीहरु आत्मनिर्भर थिए। खाद्यान्नमाआत्मनिर्भर भएर निर्यात गर्थे तर अहिले आफुसंग भएको सकारात्मकशक्तिपहिचाननगर्दा परनिर्भर हुनुपरेको छ।” प्रचण्ले भने । उनले निराशहुनुपर्ने अवस्थानभएको बताए। उनकाअनुसार गतवर्ष श्रीलंका जस्तै हुनलाग्यो भने पनिअहिले त्यस्तो अवस्था छैन।

 

दाहालले सरकारको न्यनतम साझाकार्यक्रममापनि अब मुलुकले लिनुपर्ने बाटोको बिषय उल्लेख गरेको बताए। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विश्व अर्थतन्त्रमाअझै संकट कायम रहेकाले संयमितहुनुपर्ने बताए। २०७२ मा संविधान जारी भएपछिका ३ बर्ष मुलुकले उच्चआर्थिक वृद्धिदर हासिल गरेको थियो।“हाम्रो पालामाआर्थिक समृद्धी हुन्छ भन्ने आशापलाएको थियो। तर त्यसपछि कोभिड र राजनीतिकअस्थितरता सुरु भयो, उनले भने,विभिन्न कारणले उत्पादन लागत बृद्धि भइमूल्यवृद्धि आकाशिएको छ।” उनका अनुसार विदेशी मुन्द्राको संचिता घटेका कारण आयात प्रतिबन्ध लगाउनु परेको थियो।

 

जसका कारण राजश्वमा असर परेको छ। आइएमएफले पनिअझै जोखिम बढ्न सक्ने देखाएको छ। यथाशिघ्र अर्थतन्त्रको कोर्ष करेक्सन गर्नुपर्ने उनले बताए। यदित्यसो गर्न नसक्ने हो भने अर्थतन्त्रमा ठुलो समस्याआउने उनको भनाई छ। उनकाअनुसार आयात बढेको छ। व्यापारघाटा चुलिएको छ। डिजिटल अर्थतन्त्र र नवप्रवर्तनमा जोड दिनुपर्ने अवस्था छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकले केहि सुधार देखाएको बताछ। तर चुनौती रहेको उनको भनाइ छ। उनकाअनुसार टालेटुले काम गर्ने छुट छैन। योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले नेपालको नीतिमा तर्जुमा क्रममा महत्वाकाङक्षी नीति बनाउनु नै समस्या रहेको बताए। उनका अनुसार आवश्यकता र सम्भावना भएको नेपाल जस्तो मुलुकमा केहि महत्वाकाङक्षी योजनापनि बन्नुपर्छ। तर त्यसलाइ कार्यान्वयन गर्न नसक्दा नतिजा आउन सकेको छैन।