२०८१ बैशाख १४ , शुक्रवार

सरकारले आज बजेटको मध्यावधि समीक्षा गर्ने

सुनाखरी न्युज/ काठमाडौं । अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षाको तयारी गरेको हो ।

आइतबार अपराह्न ५ बजे अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलन मार्फत बजेटको मध्यावधि समीक्षा गर्नुहुने भएकाे हाे ।

६ महिनासम्म संकलित राजस्वले बजेटले लक्ष्य गरेको राजस्व संकलन नहुने देखाएकाले सरकारले मध्यावधि समीक्षा मार्फत बजेटको आकार घटाउन सक्ने अनुमान गरिएको छ ।