२०८१ बैशाख १४ , शुक्रवार

सुन जस्तो देखिने धातु सहित दुई जना भारतीय नागरिक पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५ सय ग्राम सहित २ जना भारतीय नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी रहेका छन् । ईन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुनजस्तो देखिने धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।