२०८१ बैशाख १३ , बिहिवार

बढ्यो सुनचाँदीको भाउ

सुनाखरी न्युज/ काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।