२०८० चैत्र १५ , बिहिवार

टर्की-सिरिया भूकम्प अपडेट: मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

सुनाखरी न्युज/ काठमाडौं । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ ।

 

टर्कीमा र सिरियामा गरी मृत्यु हुनेको संख्या २८ हजार नाघेको उद्धारकर्मीहरूले बताएका हुन् । भग्नावशेषमा च्यापिएकाहरुको खोजी कार्य तीब्र गतिमा भएकाे छ । मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीहरुका अनुसार करिब ५३ लाख सिरियाली घरबार विहीन भएका छन् । टर्की र सिरियाका ९ लाख भूकम्प पीडितलाई तत्काल खानेकुरा आवश्यक परेको भन्दै राष्ट्रसंघले विश्व समुदायको ध्यानाकर्षण पनि गराएको छ । टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ ।

 

मानवीय सहायता सम्बन्धी राष्ट्रसघीय प्रमुखले १ सय वर्षपछि त्यस क्षेत्रमा यति शक्तिशाली भूकम्प आएको भन्दै सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा सहायता पुर्याउन समस्या भएको बताएका छन् । यसैबीच, भूकम्प गएको १ सय २९ घण्टापछि एकै परिवारका ५ सदस्यलाई जीवितै उद्धार गरिएको छ । नुरुदाग शहरबाट उनीहरुकाे उद्धार गरिएको हो । एजेन्सी ।