२०८१ बैशाख ११ , मंगलबार

त्रिभुवन विमानस्थलबाट ३५ किलो लागुऔषध बरामद, चार थाई नागरिक पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलो लागुऔषधसहित चार जना थाई नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा परिचार्त पम्पुक, नटनारे त्रिचैया, याउलुक जुब्श्री र नातपोल त्रिचैया रहेका छन् ।

शनिबार साँझ थाईलाइन एयरको उडान नं २२१ बाट बैंकक जान लागेकाे अवस्था उनीहरु उक्त लागुऔषधसहित पक्राउ परेका हुन् । शनिबार साँझ उनीहरू ब्यागेज चेकिङ क्षेत्रबाट पक्राउ परेका विमानस्थल प्रहरी स्रोतले जनाएको छ ।

 

उनीहरूले सुटकेसमा फल्स बटन बनाई लागुऔषध चरेस लुकाइछिपाइ लैजान लागेको बताइएको छ । उनीहरू पर्यटक भिसामा नेपाल आएको बुझिएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरमा पठाइएको छ ।