२०८१ बैशाख ११ , मंगलबार

अर्थ मन्त्रालय परिवारको तर्फबाट अर्थमन्त्रीको उपस्थितिमा राणा परिवार प्रती समबेदना व्यक्त

सुनाखरी न्युज/ काठमाडौं ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।

 

आज उहाँको थापाथली स्थित निवासमा शोकाकुल परिवारलाई भेटी अर्थ मन्त्रालय परिवारको तर्फबाट मृतात्मा प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवार प्रती उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हार्दिक समबेदना व्यक्त गर्नुभएको छ । अर्थमन्त्री पौडेलले यस दु:खको घडीमा राणाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

No description available.
राणाको ९५ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । मन्त्री पौडेलले उहाको निधनले नेपालको आर्थिक तथा सामाजिक बिकासमा ठूलो क्षती पुर्याएको बताउनु भयो । अर्थ सचिब तोयम राय तथा अर्थ सह सचिव लक्ष्मी निरौला को उपस्थिती रहेको थियो । सो को जानकारी सुनिल बहादुर थापाका सेक्रेटरी मदन घिमिरेले जानकारी दिनु भयो ।

No description available.